वहराईन भेला : अनुभव र पाठ
It was published in Rajdhani International Weekly on 28/05/2014
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको पदाधिकारीमा निर्वाचित भए पछि १९ देखि २२ अक्टुवर २०१३ मा काठमाण्डौमा सम्पन्न छैठौं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन र ९ देखि १० मई २०१४ मा वहराईनमा सम्पन्न एनआरएनएको चौथो मध्यपुर्व क्षेत्रिय भेलामा सहभागिता जनाउने अवसर पाए । यसका अलावा विगतका दिनमा पनि राष्ट्रिय, क्षेत्रिय र विश्व सम्मेलनको अनुभव वटुल्ने अवसर प्राप्त भएको छ।
चौथो क्षेत्रिय भेलामा वहराईन जानुपुर्व भेला आयोजना समितिले मेरो संयोजकत्वमा स्मारिका प्रकाशनको जिम्मेवारी दिएको थियो । एकदम नै छोटो समय राखेर दिएको त्यो जिम्मेवारी पुरा गर्नु निकै ठुलो चुनौती थियो । तथापि स्मारिका सम्पादन, प्रकाशन र डेलिभरीको काम समयमा नै सकियो । सामान्य छुटफुट र त्रुटी वाहेक स्मारिका पठनयोग्य भएको प्रतिकृया पाउदा उत्साह जागेको थियो । ८ मई २०१४ का दिन गल्फ एयरवेजको उडान मार्फत वहराईनको एक मात्र अन्तराष्ट्रिय विमानस्थल दिनको १२ः०० वजे उत्रियौं । सो उडानमा वहराईन पुग्ने मध्ये म लगायत एनआरएनए आईसिसि सदस्य अमृत गुरुङ्ग, एनसिसि कतारका महासचिव विनोद भट्टराई र एनसिसि कतारको संघसंस्था समन्वय समितिका सहसंयोजक दिपक खड्का थियौं । वहराईनको मुहरक स्थित सो विमानस्थलमा म तेश्रो पटक उत्रेको थिए ।
सो सम्मेलनमा कतारवाट १३ जनाले सहभागिता जनाएका थियौं । आईसिसि उपाध्यक्ष टिवि कार्की, आईसिसि सल्लाहकार नरेन्द्र भाट, आईसिसि सदस्य अमृत गुरुङ्ग, एनसिसि अध्यक्ष मक्सुद आलम, महासचिव विनोद भट्टराई, कोषाध्यक्ष द्रोण वस्नेत, एनसिसि सदस्य मुख्तार आलम, सल्लाहकारहरु आरके शर्मा, विनेश तामाङ्ग, संघसंस्था समन्वय समितिका सहसंयोजक दिपक खड्का, परिषद सदस्य नरेश्वर पौडेल, पत्रकार होम कार्की र म थियौं । सहभागि १३ मध्ये ४ जनाको हाम्रो टोली १२ वजे एयरपोर्ट पुगेपछि त्यहाँका एनसिसि पदाधिकारीहरुलाई सम्पर्क गरियो र हामीलाई स्वागत गर्न एनसिसि वहराईनका सदस्य पोखरा राम वजारका निवासी पे्रम केसी र साथीहरु आईपुग्नु भयो । एयरपोर्टमा नै केहिवेर गरिएको प्रतिक्षामाका क्रममा उर्लावारी मोरङ्गका कमल वहादुर कटुवालसँग भलाकुसारी भयो । वहराईनको रोजगारी र त्यहाँका नेपालीका वारेमा केहि अनुभव तिनले शेयर गरेका कुरावाट समेत छर्लङ्ग भयो ।
वहराईन जानकारीः
वहराईन प्र्रस्थान गर्नुपुर्व त्यो देशको वारेमा केहि जानकारी राख्नु स्वभाविक थियो । मध्यपुर्व क्षेत्रिय भेला आयोजना समितिले जारी गरेको भेला सम्वन्धि विवरणात्मक जानकारीमा वहराईनका वारेमा खुलस्त लेखिएको थियो । त्यसका अलावा गुगल सर्चले वहराईनका वारेमा वढि जान्न र वुझ्न मद्दत गर्यो । सो भेलामा सहभागिता जनाउने प्रतिनिधीहरुलाई समेत सजिलो होस् भनेर स्मारिकामा समेत वहराईनको वारेमा जानकारी लेखिएको थियो । वहराईन मध्यपुर्व एशियाको एउटा सानो टापु देश हो । यो ५५ किलोमिटर लामो र १८ किलो मिटर चौडाई र कुल क्षेत्रफल २९५.५ वर्ग किलोमिटर रहेको देश हो । राजतन्त्र प्रणाली अन्तर्गत अल खलिफा शाही परिवारद्धारा शासित यो ईस्लामिक राष्ट्र १८ शताव्दि ताका व्रिटिसको स्वशाषित क्षेत्रको रुपमा रहेको थियो । सन् १९६० को अन्ततिर यस क्षेत्रबाट ब्रिटिश सरकार फिर्ती भएपनि सन् १९७१ मा बहराइन स्वतन्त्र घोषणा भएको थियो । आधिकारिक रुपमा सन् २००२ मा वहराईन अधिराज्य घोषणा भएको थियो । यस देशको यस देशको मुद्रा वहराईनि दिनार (विडि) हो ।
२० औं शताव्दिको अन्त्यतिर बहराइनले, बैंकिंग र पर्यटन क्षेत्रमा अत्याधिक लगानी गरेको छ । राजधानी मानामा बहुराष्ट्रिय कम्पनीहरु, ठुला वित्तिय संस्थाहरुका लागि अनुकुल देश भनेर चिनिन थालेको छ । उच्च मानव विकास सुचाङ्गकमा रहेको वहराईनलाई उच्च आय अर्थ व्यवस्थाको ४८ औ स्थानमा विश्व वैंकले मान्यता दिएको छ । बहराइन मध्यपूर्व भित्रका राष्ट्रहरु र अन्तराष्ट्रिय स्तरमा राम्रोसँग जोडिएको छ । यहाँवाट दैनिक अन्तराष्ट्रिय वायुसेवा कम्पनीका विमानहरुले युरोप, अमेरिका लगायत एशियाका मुख्य शहरहरुमा सिधा उडान भर्ने गरेका छन् । मध्यपूर्व पनि दोहा, दुबई, अबूधाबी, रियाद, दम्माम, मस्कट, लेबनान, सिरिया, जोर्डन र कुवेतमा दैनिक उडान मार्फत जोडिएको छ । बहराइन अन्तर्राष्ट्रिय विमानस्थलमा गल्फ एयरलाइन्सको लागि मुख्य केन्द्र हो भने संसारका अधिकांश विमानहरु यस देशको हवाई अड्डा प्रयोग गर्ने गर्दछन् । नेपाल र बहराइन बीच आपसी सम्बन्ध १३ जनवरी १९७७ देखि स्थापित भएको थियो । सन् २००७ मा गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद वहराईनको स्थापना भएको थियो भने सन् २०१३ को अगष्टमा नेपाली राजदुतावासको स्थापना भएको छ ।
आतिथ्य एनसीसीः
गैरआवासिय नेपाली संघको चौथो मध्यपुर्व क्षेत्रिय भेलाको व्यवस्थापनकोे जिम्मेवारी एनसीसी वहराईनले प्राप्त गरेको थियो । कुनै पनि अन्तराष्ट्रिय सम्मेलन वा भेला आयोजना गर्ने कार्य निकै चुनौतीको हुन्छ । त्यो चुनौतीलाई एनआरएनए एनसिसि वहराईन र त्यसका पदाधिकारीले अत्यन्तै मेहनत गरि सहजताका साथ सम्पन्न गरेको महशुस गरियो । वहराईन मध्यपुर्वका अन्य ईस्लामिक देशभन्दा अलि वढि स्वतन्त्र रहेको पाईयो । यस्तो अवस्थामा सार्वजनिक कार्यक्रम गर्न अलि सहज हुन्छ । सो भेलाको मिति तय भएदेखि नै प्रत्यक्ष परोक्ष रुपमा एनसिसि वहराईनका पदाधिकारीहरुसँग सहकार्य र समन्वय गर्ने अवसर प्राप्त भएको थियो । सो क्रममा एनसिसि वहराईनका पदाधिकारीहरुले देखाएको सदासयता र सामुहिक कार्य अत्यन्तै प्रशंसायोग्य रहेको थियो । त्यसलाई अझ पुष्टि गर्ने अवसर वहराईनमा पुगेपछि पाईयो । एकतामा वल हुन्छ भने झैं एकत्रित भएर एनसिसि वहराईनका साथीहरुले जिम्मेवारी निर्वाह गरेको देख्दा सवैले पाठ सिक्नुपर्ने देखिन्छ । स्थानिय व्यवस्थापन, अन्तराष्ट्रिय सम्वन्धदेखि आतिथ्यता र आगमन सहजताका लागि गरेको सहजिकरण अत्यन्तै राम्रो थियो । त्यसका अलावा केहि कमजोरीहरु पनि देखिएका छन् जसले भोलीका दिनमा आयोजना हुने कार्यक्रम व्यवस्थापन गर्न गतिलो पाठ सिकाएको छ । कार्यक्रम तालिका वमोजिम विभिन्न शिर्षकका कार्यक्रमहरु आयोजना हुन नसक्नु, सहभागिहरुलाई वस्तुस्थितिको वारेमा उचित जानकारी दिन नसक्नु, समय व्यवस्थापनमा चुक्नु आदि यसका कमजोरी पाटा हुन् । तथापि यो कमजोरीको भने एनसिसि वहराईनको मात्र होईन समग्रमा आयोजना समितिको हो ।
सहभागिताः
वैदेशिक रोजगारी समग्र गैरआवासीय नेपाली अभियानको साझा मुद्दाको रुपमा रहेको छ । गैरआवासीय नेपाली अभियानको एकदम महत्वपुर्ण पाटौ नै वैदेशिक रोजगारी हो, त्यसपछि मात्र अन्य विषयहरु प्राथमिकतामा पर्ने गर्छन । गैरआवासिय नेपाली अभियान कै एक महत्वपुर्ण उद्देश्य समृद्द नेपालको परिकल्पना हो । यो विशेष मुद्दाका वारेमा वहस गर्न तथा सम्वोधन गर्नका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, नेपाल सरकारको प्रतिनिधीको रुपमा वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरी पुस्कर, संविधान सभाका सदस्यहरु धनराज गुरुङ्ग, रविन्द्र अधिकारी, शक्ति वस्नेत, वैदेशिक रोजगार व्यवसायी संघका केन्द्रिय अध्यक्ष हंशराज वाग्ले, एनआरएनए आईसिसिका पदाधिकारीहरु, सल्लाहकारहरु, मध्यपुर्वका ९ देशका एनसिसि पदाधिकारी तथा प्रतिनिधिहरु, पत्रकार र वहराईनमा स्थापित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो सम्मेलनमा जुन स्तरको सहभागिता थियो त्यो पर्याप्त थिएन । नेपाल सरकारका प्रतिनिधिको रुपमा परराष्ट्रमन्त्री र श्रम राज्यमन्त्रीको सहभागिताको आशा गरिएपनि प्राविधिक कारणले सो पुरा हुन सकेन । यसलाई एक प्रकारको सरकारी उदासिनता नै भन्नुपर्छ । अर्को तर्फ भेला आयोजना समिति र एनआरएनए आईसिसिको पनि यसमा कमजोरी देखिन्छ । जुन मुद्दामा केन्द्रित रहेर भेला आयोजना गरिएको थियो सो सँग प्रत्यक्ष सम्वन्ध राख्ने निकायका व्यक्तिहरुको उपस्थिति गराउन नसक्नु हामी सवैको कमजोरी थियो ।
महिला शसक्तिकरणको पाटोः
गैरआवासीय नेपाली अभियान विदेशमा रहेका हरेक नेपालीहरुको क्षमतावृद्धिका लागि सदैव समर्पित छ । मध्यपुर्व क्षेत्रमा विरलै हुने महिला सम्वन्धि अन्तरकृया यसपटक भने महिलाहरु कै सहभागितामा सम्पन्न भयो । गैरआवासीय नेपाली संघ कि महिला संयोजक सपिला राजभण्डारीको संयोजकत्वमा सम्पन्न महिला शसक्तिकरण सम्वन्धि अन्तरकृया मध्यपुर्व क्षेत्रिय भेलाको एक आकर्षक पाटोको रुपमा रह्यो । मध्यपुर्वमा कार्यरत नेपाली महिलाहरुको आवाज वुन्द पार्नुका साथै महिलाहरुलाई आफ्नो समस्या संस्थागत रुपमा आफै राख्न सक्ने प्लेटफर्मको रुपमा सो भेला रह्यो । भेलामा उपस्थित रहेका कुवेत, साउदिअरव र वहराईनमा कार्यरत महिलाहरुले यो क्षेत्रमा रहेका नेपाली महिलाहरुको समस्यालाई स्पष्टसँग राखेका थिए । यो शुरुवात महिला शसक्तिकरण र महिलाहरुको क्षमता वृद्धिका लागि अत्यन्तै राम्रो पहलकदमीको रुपमा रहेको छ ।
खाडि क्षेत्रमा नेपाली महिला कामदारहरुको अवस्था नाजुक छ । संस्थागत काम देखि धरायसी काम गर्न आउने महिलाहरुको ठुलो हिस्सा मध्यपुर्वका सवै देशहरुमा रहेको छ । महिलाहरु स्वभावले नै संवेदनशिल हुन्छन् । उनिहरु वैदेशिक रोजगारमा रहेका वेला कुनै आपत विपत पर्यो भने उनिहरुको समस्या अत्यन्त चिन्ताजनक हुन्छ । समस्यामा परेका महिला कामदारहरुका वारेमा वेला वेला प्रकाशित हुने समाचारहरु अत्यन्तै दर्दनाक हुन्छन् । गैरआवासीय नेपाली संघका मध्यपुर्वमा अवस्थित एनसिसिहरुले समस्यामा परेका महिला कामदारहरुलाई आफ्नो क्षमताले भ्याएसम्म उद्दार गर्दै आई रहेका छन् ।
एनसिसिहरुको क्षमता वृद्धि
गैरआवासीय नेपाली संघको संजाल विश्वव्यापि रुपमा पुर्याउने अभियान स्वरुप हाल ६९ देशमा यसको संजाल विकास भईसकेको छ । मध्यपुर्वका १६ देश मध्ये १० देशमा यसका राष्ट्रिय समन्वय परिषदहरु गठन भएपनि पछिल्लो समयमा यमनको आन्तरिक द्धन्द्धका कारण त्यहाँको एनसिसि निस्कृय प्रायः छ । वाँकि ९ देशहरुमा रहेका एनसिसिको क्षमता तथा दक्षता वृद्धिमा एनआरएनएले सोच्नुपर्ने वेला आएको छ ।
मध्यपुर्व भौगोलिक, साँस्कृति र धार्मिक हिसावले नैै कठिन क्षेत्र हो । यस क्षेत्रका विभिन्न एनसीसीहरुहरुको समन्वय प्रत्यक्ष भेट र भेला आयोजना गरेर गर्न अलिक कठिन मानिन्छ । तथापि संचारले अत्यन्तै अग्रगामी फड्को मारिसकेको यो अवस्थामा त्यसको अधिकतम प्रयोग गरि समन्वय गर्नु गराउनु आवश्यक छ । यसले यस क्षेत्रमा रहेका समान समस्याहरुको पहिचान गरि न्युनिकरण गर्न मद्दत पुग्दछ । यो संस्था नेपाली सामाजिक परिवेशमा अत्यन्तै प्रभाव पार्न सक्ने र प्रोफेसनल संस्था हो । यस संस्थाका एनसिसिहरु कतिपय अवस्थामा प्रोफसनल हुन सकेका छैनन् । आईसिसिको केन्द्रिकृत निति नियम वमोजिम काम हुन सकिरहेका छैनन् । त्यसलाई अनुगमन र नियमन गर्नु अति आवश्यक छ ।
आईसिसिहरुको सहभागिता
आईसिसिका पदाधिकारीहरुको उत्साहजनक सहभागिताले गैरआवासिय नेपाली संघ मध्यपुर्वका एनआरएनहरुको समस्याप्रति गम्भिर छ भन्ने देखाएको छ । मध्यपुर्व क्षेत्रमा कार्यरत प्रवासी नेपाली कामदारहरुको विषयमा यस पटकको भेलाले जे जति निर्णय गर्न सक्यो हिजोका दिनमा पनि त्यस्तै प्रकृतिका निर्णयहरु भएका थिए । तथापि समय र सन्दर्भका कारण कतिपय मुद्दाहरु हिजोका दिनमा पनि ओझेल परेका छन् । तथापि यस पटक त्यसो हुनुहुँदैन भन्ने सवैको आकांक्षा देखिन्थ्यो । हामी सवैले वुझ्नुपर्ने विषय के हो भने, वैदेशिक रोजगारलाई मर्यादित वनाउन सकेको खण्डमा मात्र एनआरएनए अभियानले समेत सार्थकता पाउछ भन्ने मनसायमा यस अभियानको नेतृत्व रहेको पाईएको छ ।
मध्यपुर्वका सवै देशमा कार्यरत नेपालीहरु र एनआरएन अभियानका अभियन्ताहरु वैदेशिक रोजगारीको सुरक्षित गन्तव्य खोजिरहेका छन् । यसका लागि सम्वन्धित निकायको ढोका घचघच्याउनका लागि र निति निर्माताहरुलाई उचित सुझाव पेश गर्नका लागि गैरआवासिय नेपाली संघ भरपर्दो माध्यम हो । तसर्थ सम्पुर्ण एनसिसिहरुको सहभागितामा वैदेशिक रोजगारीमा रहेका समस्या समाधानका उपायहरुका वारेमा आईसिसिलाई जानकारी गराई आईसिसिलाई सरकारी र निति निर्माण तहसम्म छलफल गर्नका लागि मजवुत वनाउनु पर्दछ ।
उपलव्धिः
गैरआवासिय नेपाली संघको मध्यपुर्व क्षेत्रिय भेलाका उपलव्धिहरुको वारेमा सवै क्षेत्रवाट चासोका साथ हेरिनु स्वभाविक हो । वैदेशिक रोजगारी देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको अवस्थामा यसलाई सुरक्षित र मर्यादित वनाईनु पर्ने मागका साथ आयोजित भेलाले केहि नैतिक उपलव्धिहरु हसिल गरेको । हिजोका दिनमा जारी गरिएका घोषणा पत्रहरुको पुनरावलोकन गर्न सो भेला सफल रह्यो । तथापि हिजोका दिनमा वाँकी रहेका कामहरुलाई निरन्तरता दिदैं कार्यान्वयन पक्ष हेर्न वाँकी नै छ ।
वैदेशिक रोजगारलाई मुख्य आधार वनाएर आयोजना गरिएको यो भेलाले विगतका विषयवस्तुहरुको पुनरावलोकन गर्दै हाल वैदेशिक रोजगारमा देखिएका समस्याहरुको समाधान खोज्ने वाटो तय गरेको छ । मध्यपुर्वका विभिन्न देशका कार्यरत २० लाख भन्दा वढि नेपालीहरुका वारेमा आईसिसि, नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी र सम्वन्धित सरोकारवालाहरुलाई सोच्न वाध्य वनाएको छ । मेसिन रिडेवल पासपोर्टका वारेमा नेपालीहरुले भोगिरहेका समस्याका वारेमा पनि राम्रै चर्चा भयो र यसले केहि रुपमा राहत थपेको छ । जेष्ठ महिनावाट पुरानो पासपोर्टमा श्रम स्विकृति नदिने श्रम विभागको निर्णयमा परिवर्तन गरि डिसेम्वर २०१४ सम्म सारिएको छ । बैदेशिक रोजगारीमा जाने नागरिकहरुको विमा ५ लाखबाट बृद्धि गरेर अनिवार्य १० लाख गर्न, सुरक्षित, व्यवस्थित र मर्यादित बैदेशिक रोजगारलाई आधारभुत रुपमा नै कार्यान्वयन गर्नको लागि माध्यमिक तहबाट नै प्राविधिक शिक्षाको अवधारणालाई अनिवार्य कार्यान्वयन, एक कोषको स्थापना गरि वैदेशिक रोजगारमा निश्चित अवधि विताएर पुरा गरेर नेपाल फर्के पछि नियमित निवृत्तिभरण पाउने व्यवस्था गर्न, बैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई उसले हासिल गरेको सिप अनुसारको व्यवशाय गर्न चाहेमा सुलभ व्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । वैदेशिक रोजगार स्वेतपत्र जारी गर्ने जस्ता महत्वपुर्ण निर्णयहरु भएका छन् । वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको कल्याणका लागि एनसिसिहरुलाई काम गर्न सहजता प्रदान होस् भन्नका लागि सम्वन्धित मुलुकमा स्थापित दुतावासहरुका तर्फवाट कानुनी संरक्षण प्रदा गर्नका लागि पहल गर्ने साथै एनआरएए मुख्यालयमा श्रम डेस्क राखि श्रमिक सम्वन्धि मुद्दाहरु हेर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ ।
मध्यपुर्वका देशहरुमा नेपाली महिला कामदारहरुको संख्या उल्लेख्य वृद्धि भईरहेको अवस्थामा यसलाई सुरक्षित र संस्थागत गर्ने पक्षमा समेत भेलाले महत्वपुर्ण निर्णय गरेको छ । आगामी दिनमा महिला सम्वन्धि विभिन्न कार्यशालाा वा गाोष्ठि हुने वातावरण समेत श्रृजना भएको छ । त्यसका साथै १ हजार भन्दा वढि महिला कामदार रहेको मुलुकमा अनिवार्य आश्रय स्थल स्थापना गर्नको लागि पहल गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।
एनआरएनए मुख्यालय निर्माणका लागि आईसिसि अध्यक्षको संयोजकत्वमा गठित समितिले एनसिसिहरुलाई सहयोगका लागि गरेको प्रस्तावलाई एनसिसिहरुले स्विकार गर्दै सहयोग गर्नै वचन दिएका छन् ।
घोषणा पत्रको कार्यान्वयन
विगतमा धेरै सम्मेलन र भेलाहरुले विभिन्न किसिमका घोषणा पत्रहरु जारी गरेका छन् । तर कार्यान्वयन पक्ष निकै फितलो देखिएको छ । अवका दिनमा त्यो फितलोपनलाई नदोहोर्याउनका लागि तथा निरन्तर अनुगमन गरिनु जरुरी छ । यसका लागि क्षेत्रिय स्तरवाट नै प्रयास हुनु जरुरी छ । त्यसकै फलस्वरुप प्रत्येक २ महिनामा आयोजना गरिने क्षेत्रिय साईवर वैठक एउटा राम्रो प्लेटफर्म वन्न सक्छ । त्यसका अलावा वहराईन भेलाको म्याण्डेट वमोजिम अन्तराष्ट्रिय स्तरको एउटा अनुगमन समिति निर्माण गर्नका लागि आईसिसिलाई अनुरोध गर्ने निर्णय वमोजिमको कार्यलाई चाँडो अघि वढाउनु जरुरी रहेको छ । मध्यपुर्व क्षेत्रका समस्याहरु साझा भएको र एकै मुद्दामा सवै एनसिसिहरुको चासो भएका कारण क्षेत्रिय एकताका लागि पहल गर्नुपर्छ । साथै चौथो मध्यपुर्व क्षेत्रिय वैठक लगायत विगतका घोषणा पत्रमा उल्लेख गरिएका समय सन्दर्भ सुहाउने सवै मुद्दाहरुको सुनुवाई गर्न हामी चुक्नु हुँदैन ।
- कुमार कार्की
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको पदाधिकारीमा निर्वाचित भए पछि १९ देखि २२ अक्टुवर २०१३ मा काठमाण्डौमा सम्पन्न छैठौं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन र ९ देखि १० मई २०१४ मा वहराईनमा सम्पन्न एनआरएनएको चौथो मध्यपुर्व क्षेत्रिय भेलामा सहभागिता जनाउने अवसर पाए । यसका अलावा विगतका दिनमा पनि राष्ट्रिय, क्षेत्रिय र विश्व सम्मेलनको अनुभव वटुल्ने अवसर प्राप्त भएको छ।

चौथो क्षेत्रिय भेलामा वहराईन जानुपुर्व भेला आयोजना समितिले मेरो संयोजकत्वमा स्मारिका प्रकाशनको जिम्मेवारी दिएको थियो । एकदम नै छोटो समय राखेर दिएको त्यो जिम्मेवारी पुरा गर्नु निकै ठुलो चुनौती थियो । तथापि स्मारिका सम्पादन, प्रकाशन र डेलिभरीको काम समयमा नै सकियो । सामान्य छुटफुट र त्रुटी वाहेक स्मारिका पठनयोग्य भएको प्रतिकृया पाउदा उत्साह जागेको थियो । ८ मई २०१४ का दिन गल्फ एयरवेजको उडान मार्फत वहराईनको एक मात्र अन्तराष्ट्रिय विमानस्थल दिनको १२ः०० वजे उत्रियौं । सो उडानमा वहराईन पुग्ने मध्ये म लगायत एनआरएनए आईसिसि सदस्य अमृत गुरुङ्ग, एनसिसि कतारका महासचिव विनोद भट्टराई र एनसिसि कतारको संघसंस्था समन्वय समितिका सहसंयोजक दिपक खड्का थियौं । वहराईनको मुहरक स्थित सो विमानस्थलमा म तेश्रो पटक उत्रेको थिए ।
सो सम्मेलनमा कतारवाट १३ जनाले सहभागिता जनाएका थियौं । आईसिसि उपाध्यक्ष टिवि कार्की, आईसिसि सल्लाहकार नरेन्द्र भाट, आईसिसि सदस्य अमृत गुरुङ्ग, एनसिसि अध्यक्ष मक्सुद आलम, महासचिव विनोद भट्टराई, कोषाध्यक्ष द्रोण वस्नेत, एनसिसि सदस्य मुख्तार आलम, सल्लाहकारहरु आरके शर्मा, विनेश तामाङ्ग, संघसंस्था समन्वय समितिका सहसंयोजक दिपक खड्का, परिषद सदस्य नरेश्वर पौडेल, पत्रकार होम कार्की र म थियौं । सहभागि १३ मध्ये ४ जनाको हाम्रो टोली १२ वजे एयरपोर्ट पुगेपछि त्यहाँका एनसिसि पदाधिकारीहरुलाई सम्पर्क गरियो र हामीलाई स्वागत गर्न एनसिसि वहराईनका सदस्य पोखरा राम वजारका निवासी पे्रम केसी र साथीहरु आईपुग्नु भयो । एयरपोर्टमा नै केहिवेर गरिएको प्रतिक्षामाका क्रममा उर्लावारी मोरङ्गका कमल वहादुर कटुवालसँग भलाकुसारी भयो । वहराईनको रोजगारी र त्यहाँका नेपालीका वारेमा केहि अनुभव तिनले शेयर गरेका कुरावाट समेत छर्लङ्ग भयो ।
वहराईन जानकारीः
वहराईन प्र्रस्थान गर्नुपुर्व त्यो देशको वारेमा केहि जानकारी राख्नु स्वभाविक थियो । मध्यपुर्व क्षेत्रिय भेला आयोजना समितिले जारी गरेको भेला सम्वन्धि विवरणात्मक जानकारीमा वहराईनका वारेमा खुलस्त लेखिएको थियो । त्यसका अलावा गुगल सर्चले वहराईनका वारेमा वढि जान्न र वुझ्न मद्दत गर्यो । सो भेलामा सहभागिता जनाउने प्रतिनिधीहरुलाई समेत सजिलो होस् भनेर स्मारिकामा समेत वहराईनको वारेमा जानकारी लेखिएको थियो । वहराईन मध्यपुर्व एशियाको एउटा सानो टापु देश हो । यो ५५ किलोमिटर लामो र १८ किलो मिटर चौडाई र कुल क्षेत्रफल २९५.५ वर्ग किलोमिटर रहेको देश हो । राजतन्त्र प्रणाली अन्तर्गत अल खलिफा शाही परिवारद्धारा शासित यो ईस्लामिक राष्ट्र १८ शताव्दि ताका व्रिटिसको स्वशाषित क्षेत्रको रुपमा रहेको थियो । सन् १९६० को अन्ततिर यस क्षेत्रबाट ब्रिटिश सरकार फिर्ती भएपनि सन् १९७१ मा बहराइन स्वतन्त्र घोषणा भएको थियो । आधिकारिक रुपमा सन् २००२ मा वहराईन अधिराज्य घोषणा भएको थियो । यस देशको यस देशको मुद्रा वहराईनि दिनार (विडि) हो ।
२० औं शताव्दिको अन्त्यतिर बहराइनले, बैंकिंग र पर्यटन क्षेत्रमा अत्याधिक लगानी गरेको छ । राजधानी मानामा बहुराष्ट्रिय कम्पनीहरु, ठुला वित्तिय संस्थाहरुका लागि अनुकुल देश भनेर चिनिन थालेको छ । उच्च मानव विकास सुचाङ्गकमा रहेको वहराईनलाई उच्च आय अर्थ व्यवस्थाको ४८ औ स्थानमा विश्व वैंकले मान्यता दिएको छ । बहराइन मध्यपूर्व भित्रका राष्ट्रहरु र अन्तराष्ट्रिय स्तरमा राम्रोसँग जोडिएको छ । यहाँवाट दैनिक अन्तराष्ट्रिय वायुसेवा कम्पनीका विमानहरुले युरोप, अमेरिका लगायत एशियाका मुख्य शहरहरुमा सिधा उडान भर्ने गरेका छन् । मध्यपूर्व पनि दोहा, दुबई, अबूधाबी, रियाद, दम्माम, मस्कट, लेबनान, सिरिया, जोर्डन र कुवेतमा दैनिक उडान मार्फत जोडिएको छ । बहराइन अन्तर्राष्ट्रिय विमानस्थलमा गल्फ एयरलाइन्सको लागि मुख्य केन्द्र हो भने संसारका अधिकांश विमानहरु यस देशको हवाई अड्डा प्रयोग गर्ने गर्दछन् । नेपाल र बहराइन बीच आपसी सम्बन्ध १३ जनवरी १९७७ देखि स्थापित भएको थियो । सन् २००७ मा गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद वहराईनको स्थापना भएको थियो भने सन् २०१३ को अगष्टमा नेपाली राजदुतावासको स्थापना भएको छ । आतिथ्य एनसीसीः
गैरआवासिय नेपाली संघको चौथो मध्यपुर्व क्षेत्रिय भेलाको व्यवस्थापनकोे जिम्मेवारी एनसीसी वहराईनले प्राप्त गरेको थियो । कुनै पनि अन्तराष्ट्रिय सम्मेलन वा भेला आयोजना गर्ने कार्य निकै चुनौतीको हुन्छ । त्यो चुनौतीलाई एनआरएनए एनसिसि वहराईन र त्यसका पदाधिकारीले अत्यन्तै मेहनत गरि सहजताका साथ सम्पन्न गरेको महशुस गरियो । वहराईन मध्यपुर्वका अन्य ईस्लामिक देशभन्दा अलि वढि स्वतन्त्र रहेको पाईयो । यस्तो अवस्थामा सार्वजनिक कार्यक्रम गर्न अलि सहज हुन्छ । सो भेलाको मिति तय भएदेखि नै प्रत्यक्ष परोक्ष रुपमा एनसिसि वहराईनका पदाधिकारीहरुसँग सहकार्य र समन्वय गर्ने अवसर प्राप्त भएको थियो । सो क्रममा एनसिसि वहराईनका पदाधिकारीहरुले देखाएको सदासयता र सामुहिक कार्य अत्यन्तै प्रशंसायोग्य रहेको थियो । त्यसलाई अझ पुष्टि गर्ने अवसर वहराईनमा पुगेपछि पाईयो । एकतामा वल हुन्छ भने झैं एकत्रित भएर एनसिसि वहराईनका साथीहरुले जिम्मेवारी निर्वाह गरेको देख्दा सवैले पाठ सिक्नुपर्ने देखिन्छ । स्थानिय व्यवस्थापन, अन्तराष्ट्रिय सम्वन्धदेखि आतिथ्यता र आगमन सहजताका लागि गरेको सहजिकरण अत्यन्तै राम्रो थियो । त्यसका अलावा केहि कमजोरीहरु पनि देखिएका छन् जसले भोलीका दिनमा आयोजना हुने कार्यक्रम व्यवस्थापन गर्न गतिलो पाठ सिकाएको छ । कार्यक्रम तालिका वमोजिम विभिन्न शिर्षकका कार्यक्रमहरु आयोजना हुन नसक्नु, सहभागिहरुलाई वस्तुस्थितिको वारेमा उचित जानकारी दिन नसक्नु, समय व्यवस्थापनमा चुक्नु आदि यसका कमजोरी पाटा हुन् । तथापि यो कमजोरीको भने एनसिसि वहराईनको मात्र होईन समग्रमा आयोजना समितिको हो ।
सहभागिताः
वैदेशिक रोजगारी समग्र गैरआवासीय नेपाली अभियानको साझा मुद्दाको रुपमा रहेको छ । गैरआवासीय नेपाली अभियानको एकदम महत्वपुर्ण पाटौ नै वैदेशिक रोजगारी हो, त्यसपछि मात्र अन्य विषयहरु प्राथमिकतामा पर्ने गर्छन । गैरआवासिय नेपाली अभियान कै एक महत्वपुर्ण उद्देश्य समृद्द नेपालको परिकल्पना हो । यो विशेष मुद्दाका वारेमा वहस गर्न तथा सम्वोधन गर्नका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, नेपाल सरकारको प्रतिनिधीको रुपमा वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरी पुस्कर, संविधान सभाका सदस्यहरु धनराज गुरुङ्ग, रविन्द्र अधिकारी, शक्ति वस्नेत, वैदेशिक रोजगार व्यवसायी संघका केन्द्रिय अध्यक्ष हंशराज वाग्ले, एनआरएनए आईसिसिका पदाधिकारीहरु, सल्लाहकारहरु, मध्यपुर्वका ९ देशका एनसिसि पदाधिकारी तथा प्रतिनिधिहरु, पत्रकार र वहराईनमा स्थापित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो सम्मेलनमा जुन स्तरको सहभागिता थियो त्यो पर्याप्त थिएन । नेपाल सरकारका प्रतिनिधिको रुपमा परराष्ट्रमन्त्री र श्रम राज्यमन्त्रीको सहभागिताको आशा गरिएपनि प्राविधिक कारणले सो पुरा हुन सकेन । यसलाई एक प्रकारको सरकारी उदासिनता नै भन्नुपर्छ । अर्को तर्फ भेला आयोजना समिति र एनआरएनए आईसिसिको पनि यसमा कमजोरी देखिन्छ । जुन मुद्दामा केन्द्रित रहेर भेला आयोजना गरिएको थियो सो सँग प्रत्यक्ष सम्वन्ध राख्ने निकायका व्यक्तिहरुको उपस्थिति गराउन नसक्नु हामी सवैको कमजोरी थियो ।
महिला शसक्तिकरणको पाटोः
गैरआवासीय नेपाली अभियान विदेशमा रहेका हरेक नेपालीहरुको क्षमतावृद्धिका लागि सदैव समर्पित छ । मध्यपुर्व क्षेत्रमा विरलै हुने महिला सम्वन्धि अन्तरकृया यसपटक भने महिलाहरु कै सहभागितामा सम्पन्न भयो । गैरआवासीय नेपाली संघ कि महिला संयोजक सपिला राजभण्डारीको संयोजकत्वमा सम्पन्न महिला शसक्तिकरण सम्वन्धि अन्तरकृया मध्यपुर्व क्षेत्रिय भेलाको एक आकर्षक पाटोको रुपमा रह्यो । मध्यपुर्वमा कार्यरत नेपाली महिलाहरुको आवाज वुन्द पार्नुका साथै महिलाहरुलाई आफ्नो समस्या संस्थागत रुपमा आफै राख्न सक्ने प्लेटफर्मको रुपमा सो भेला रह्यो । भेलामा उपस्थित रहेका कुवेत, साउदिअरव र वहराईनमा कार्यरत महिलाहरुले यो क्षेत्रमा रहेका नेपाली महिलाहरुको समस्यालाई स्पष्टसँग राखेका थिए । यो शुरुवात महिला शसक्तिकरण र महिलाहरुको क्षमता वृद्धिका लागि अत्यन्तै राम्रो पहलकदमीको रुपमा रहेको छ ।
खाडि क्षेत्रमा नेपाली महिला कामदारहरुको अवस्था नाजुक छ । संस्थागत काम देखि धरायसी काम गर्न आउने महिलाहरुको ठुलो हिस्सा मध्यपुर्वका सवै देशहरुमा रहेको छ । महिलाहरु स्वभावले नै संवेदनशिल हुन्छन् । उनिहरु वैदेशिक रोजगारमा रहेका वेला कुनै आपत विपत पर्यो भने उनिहरुको समस्या अत्यन्त चिन्ताजनक हुन्छ । समस्यामा परेका महिला कामदारहरुका वारेमा वेला वेला प्रकाशित हुने समाचारहरु अत्यन्तै दर्दनाक हुन्छन् । गैरआवासीय नेपाली संघका मध्यपुर्वमा अवस्थित एनसिसिहरुले समस्यामा परेका महिला कामदारहरुलाई आफ्नो क्षमताले भ्याएसम्म उद्दार गर्दै आई रहेका छन् ।
एनसिसिहरुको क्षमता वृद्धि
गैरआवासीय नेपाली संघको संजाल विश्वव्यापि रुपमा पुर्याउने अभियान स्वरुप हाल ६९ देशमा यसको संजाल विकास भईसकेको छ । मध्यपुर्वका १६ देश मध्ये १० देशमा यसका राष्ट्रिय समन्वय परिषदहरु गठन भएपनि पछिल्लो समयमा यमनको आन्तरिक द्धन्द्धका कारण त्यहाँको एनसिसि निस्कृय प्रायः छ । वाँकि ९ देशहरुमा रहेका एनसिसिको क्षमता तथा दक्षता वृद्धिमा एनआरएनएले सोच्नुपर्ने वेला आएको छ ।

मध्यपुर्व भौगोलिक, साँस्कृति र धार्मिक हिसावले नैै कठिन क्षेत्र हो । यस क्षेत्रका विभिन्न एनसीसीहरुहरुको समन्वय प्रत्यक्ष भेट र भेला आयोजना गरेर गर्न अलिक कठिन मानिन्छ । तथापि संचारले अत्यन्तै अग्रगामी फड्को मारिसकेको यो अवस्थामा त्यसको अधिकतम प्रयोग गरि समन्वय गर्नु गराउनु आवश्यक छ । यसले यस क्षेत्रमा रहेका समान समस्याहरुको पहिचान गरि न्युनिकरण गर्न मद्दत पुग्दछ । यो संस्था नेपाली सामाजिक परिवेशमा अत्यन्तै प्रभाव पार्न सक्ने र प्रोफेसनल संस्था हो । यस संस्थाका एनसिसिहरु कतिपय अवस्थामा प्रोफसनल हुन सकेका छैनन् । आईसिसिको केन्द्रिकृत निति नियम वमोजिम काम हुन सकिरहेका छैनन् । त्यसलाई अनुगमन र नियमन गर्नु अति आवश्यक छ ।
आईसिसिहरुको सहभागिता
आईसिसिका पदाधिकारीहरुको उत्साहजनक सहभागिताले गैरआवासिय नेपाली संघ मध्यपुर्वका एनआरएनहरुको समस्याप्रति गम्भिर छ भन्ने देखाएको छ । मध्यपुर्व क्षेत्रमा कार्यरत प्रवासी नेपाली कामदारहरुको विषयमा यस पटकको भेलाले जे जति निर्णय गर्न सक्यो हिजोका दिनमा पनि त्यस्तै प्रकृतिका निर्णयहरु भएका थिए । तथापि समय र सन्दर्भका कारण कतिपय मुद्दाहरु हिजोका दिनमा पनि ओझेल परेका छन् । तथापि यस पटक त्यसो हुनुहुँदैन भन्ने सवैको आकांक्षा देखिन्थ्यो । हामी सवैले वुझ्नुपर्ने विषय के हो भने, वैदेशिक रोजगारलाई मर्यादित वनाउन सकेको खण्डमा मात्र एनआरएनए अभियानले समेत सार्थकता पाउछ भन्ने मनसायमा यस अभियानको नेतृत्व रहेको पाईएको छ ।
मध्यपुर्वका सवै देशमा कार्यरत नेपालीहरु र एनआरएन अभियानका अभियन्ताहरु वैदेशिक रोजगारीको सुरक्षित गन्तव्य खोजिरहेका छन् । यसका लागि सम्वन्धित निकायको ढोका घचघच्याउनका लागि र निति निर्माताहरुलाई उचित सुझाव पेश गर्नका लागि गैरआवासिय नेपाली संघ भरपर्दो माध्यम हो । तसर्थ सम्पुर्ण एनसिसिहरुको सहभागितामा वैदेशिक रोजगारीमा रहेका समस्या समाधानका उपायहरुका वारेमा आईसिसिलाई जानकारी गराई आईसिसिलाई सरकारी र निति निर्माण तहसम्म छलफल गर्नका लागि मजवुत वनाउनु पर्दछ ।
उपलव्धिः
गैरआवासिय नेपाली संघको मध्यपुर्व क्षेत्रिय भेलाका उपलव्धिहरुको वारेमा सवै क्षेत्रवाट चासोका साथ हेरिनु स्वभाविक हो । वैदेशिक रोजगारी देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको अवस्थामा यसलाई सुरक्षित र मर्यादित वनाईनु पर्ने मागका साथ आयोजित भेलाले केहि नैतिक उपलव्धिहरु हसिल गरेको । हिजोका दिनमा जारी गरिएका घोषणा पत्रहरुको पुनरावलोकन गर्न सो भेला सफल रह्यो । तथापि हिजोका दिनमा वाँकी रहेका कामहरुलाई निरन्तरता दिदैं कार्यान्वयन पक्ष हेर्न वाँकी नै छ ।
वैदेशिक रोजगारलाई मुख्य आधार वनाएर आयोजना गरिएको यो भेलाले विगतका विषयवस्तुहरुको पुनरावलोकन गर्दै हाल वैदेशिक रोजगारमा देखिएका समस्याहरुको समाधान खोज्ने वाटो तय गरेको छ । मध्यपुर्वका विभिन्न देशका कार्यरत २० लाख भन्दा वढि नेपालीहरुका वारेमा आईसिसि, नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी र सम्वन्धित सरोकारवालाहरुलाई सोच्न वाध्य वनाएको छ । मेसिन रिडेवल पासपोर्टका वारेमा नेपालीहरुले भोगिरहेका समस्याका वारेमा पनि राम्रै चर्चा भयो र यसले केहि रुपमा राहत थपेको छ । जेष्ठ महिनावाट पुरानो पासपोर्टमा श्रम स्विकृति नदिने श्रम विभागको निर्णयमा परिवर्तन गरि डिसेम्वर २०१४ सम्म सारिएको छ । बैदेशिक रोजगारीमा जाने नागरिकहरुको विमा ५ लाखबाट बृद्धि गरेर अनिवार्य १० लाख गर्न, सुरक्षित, व्यवस्थित र मर्यादित बैदेशिक रोजगारलाई आधारभुत रुपमा नै कार्यान्वयन गर्नको लागि माध्यमिक तहबाट नै प्राविधिक शिक्षाको अवधारणालाई अनिवार्य कार्यान्वयन, एक कोषको स्थापना गरि वैदेशिक रोजगारमा निश्चित अवधि विताएर पुरा गरेर नेपाल फर्के पछि नियमित निवृत्तिभरण पाउने व्यवस्था गर्न, बैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई उसले हासिल गरेको सिप अनुसारको व्यवशाय गर्न चाहेमा सुलभ व्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । वैदेशिक रोजगार स्वेतपत्र जारी गर्ने जस्ता महत्वपुर्ण निर्णयहरु भएका छन् । वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको कल्याणका लागि एनसिसिहरुलाई काम गर्न सहजता प्रदान होस् भन्नका लागि सम्वन्धित मुलुकमा स्थापित दुतावासहरुका तर्फवाट कानुनी संरक्षण प्रदा गर्नका लागि पहल गर्ने साथै एनआरएए मुख्यालयमा श्रम डेस्क राखि श्रमिक सम्वन्धि मुद्दाहरु हेर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ ।
मध्यपुर्वका देशहरुमा नेपाली महिला कामदारहरुको संख्या उल्लेख्य वृद्धि भईरहेको अवस्थामा यसलाई सुरक्षित र संस्थागत गर्ने पक्षमा समेत भेलाले महत्वपुर्ण निर्णय गरेको छ । आगामी दिनमा महिला सम्वन्धि विभिन्न कार्यशालाा वा गाोष्ठि हुने वातावरण समेत श्रृजना भएको छ । त्यसका साथै १ हजार भन्दा वढि महिला कामदार रहेको मुलुकमा अनिवार्य आश्रय स्थल स्थापना गर्नको लागि पहल गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।
एनआरएनए मुख्यालय निर्माणका लागि आईसिसि अध्यक्षको संयोजकत्वमा गठित समितिले एनसिसिहरुलाई सहयोगका लागि गरेको प्रस्तावलाई एनसिसिहरुले स्विकार गर्दै सहयोग गर्नै वचन दिएका छन् ।
घोषणा पत्रको कार्यान्वयनविगतमा धेरै सम्मेलन र भेलाहरुले विभिन्न किसिमका घोषणा पत्रहरु जारी गरेका छन् । तर कार्यान्वयन पक्ष निकै फितलो देखिएको छ । अवका दिनमा त्यो फितलोपनलाई नदोहोर्याउनका लागि तथा निरन्तर अनुगमन गरिनु जरुरी छ । यसका लागि क्षेत्रिय स्तरवाट नै प्रयास हुनु जरुरी छ । त्यसकै फलस्वरुप प्रत्येक २ महिनामा आयोजना गरिने क्षेत्रिय साईवर वैठक एउटा राम्रो प्लेटफर्म वन्न सक्छ । त्यसका अलावा वहराईन भेलाको म्याण्डेट वमोजिम अन्तराष्ट्रिय स्तरको एउटा अनुगमन समिति निर्माण गर्नका लागि आईसिसिलाई अनुरोध गर्ने निर्णय वमोजिमको कार्यलाई चाँडो अघि वढाउनु जरुरी रहेको छ । मध्यपुर्व क्षेत्रका समस्याहरु साझा भएको र एकै मुद्दामा सवै एनसिसिहरुको चासो भएका कारण क्षेत्रिय एकताका लागि पहल गर्नुपर्छ । साथै चौथो मध्यपुर्व क्षेत्रिय वैठक लगायत विगतका घोषणा पत्रमा उल्लेख गरिएका समय सन्दर्भ सुहाउने सवै मुद्दाहरुको सुनुवाई गर्न हामी चुक्नु हुँदैन ।
![]() |
| Published in Rajdhani International Weekly on 28/05/20114 |

Comments