महामारी र मौका — तयारी गर्ने कि?
कुमार कार्की अनलाईन पोर्टल भिज्युअलक्याापिटलिस्ट डटकम मा स्तम्भकार निकोलास लेपानले गत मार्च १४ मा विश्वका विभिन्न महामारीको ईतिहास शिर्षकमा एउटा लेख लेखेर विश्वभरका महामारीहरुको ईतिहासलाई संक्षेपिकरण गरेका छन् । निकोलासको लेखलाई आधार मान्ने हो भने सन् १६५ देखि १८० सम्म रहेको एन्टोनाईन प्लेगले ५० लाख मानिसको ज्यान लिएको थियो । सो समयदेखि हालसम्म २० वटा महामारीले विश्वलाई दुख दिईसकेको छ । यस्ता महामारीले अरवौंको ज्यान लिएको तथ्यांक सो लेखमा प्रस्तुत गरेका छन् ।