`फिर्ता युग´
हामीसँग सम्झिनका लागि पढ्नका लागि र पाठ सिक्नका लागि ईतिहासका सयाैं ठेली छन् । ईतिहासका ती पानाहरुमा कैयन युगका वर्णन गरिए कैयन पात्र प्रस्तुत गरिए । यहि युगै युग लहरमा ईतिहासै ईतिहासकाे ठेलीमा अर्काे युग थपिएकाे छ । सवै सम्झनु हाेला, ईतिहासकारले लिपिवद्द गर्नु हाेला। त्याे हाे `फिर्ता युग´ । अाजका भ्रुण भाेलिका वालवालिका र भविष्यका कर्णाधारहरुले साेध्लान याे युगकाे ईतिहास पढाउने प्राचार्य, प्राध्यापक र शिक्षकलाई स्पष्ट लेखिदिनु ईतिहासकारहरुले याे युगकाे परिभाषा । मुठि नखाेल्ने भएपछि, गुठी विधेयक फिर्ता भाथ्याे । पाेल खाेलेपछि, सूचना विधेयक फिर्ता भाथ्याे । पालुवा नहाल्ने भएपछि, बालुवाटार जग्गा फिर्ता भाथ्याे । टाेकरी चुहिए पछि औषधि खरिद सम्झौता फिर्ता भाथ्याे । अत्यास परेपछि, अध्यादेश पनि फिर्ता भाथ्याे । सवैले वुझ्नेगरि लेखि दिनु अाेली राजकाे याे `फिर्ता युग´ थियाे । कुमार कार्की २४ अप्रिल २०२०