साहित्यमा मेरो कलम



गजल - कुमार कार्की (3rd April 2006)


कतै तिमी हराएमा मैले खोजे कसो होला ।
कसैले प्रश्न सोध्नु अघि मैले सोधे कसो होला ।
वसन्तको पालुवासँगै न्याउलि चरी रोएको वेला
तिमी हिड्ने वाटो भरी फूल रोपे कसो होला ।
खुशि भन्ने कस्तो हुन्छ मेरो लागी दुर्लभ भयो
मेरो ठाँउमा तिमी आई दुख भोगे कसो होला ।
आशा भित्र निराशाको कालो वादल मडारिडा
निष्पट अध्यारोमा जूनको उज्यालो रोजे कसो होला ।
धागो छिनी आकाशमा रुमल्लिएको चंगालाई
यो कुमारले हावा वनि सही मार्ग मोडे कसो होला ।
दोहा कतार

गजल - कुमार कार्की  (13 March 2006)


अनुहारका राम्रा तिमी जाली भयौ देश भित्रै ।
मान र इमान बेचेर खाली भयौ देश भित्रै ।
मुर्ति बेच्यौ खुशी खोस्यौ स्वाभिमान बेच्यौ,
त्यसैले त जनताको गाली भयौ देश भित्रै ।
मानवताका स्वरहरु पैतालाले लत्याएर ,
सियो बनि पस्ने तिमी फाली भयौ देशभित्रै ।
सार्वभौम जनतालाई कुशासन लाद्न खोज्यौ,
त्यसैले त उपहासको ताली भयौ देशभित्रै ।
जनताको वालीमा साँढेहरु छोडी दियौ ,
त्यसैले कुसंस्कारको माली भयौ देशभित्रै
-दोहा कतार


गजल - कुमार कार्की

- कुमार कार्की
बन जंगल जले होलान् , गाँउ वस्ती दुखे होलान् ।
उजाडिएर वनपाखा , मुलहरु सुके होलान् ।
चन्द्रमा भई रोएकी थियौ , धानका पातमा शित पार्न
तिम्रो वाटो पहिल्याई हिड्ने , दोवाटोमा चुके होलान् ।
वादल जस्तो केशराशि , हिमाल सामु फिजाँउदा
सभ्य ठान्ने शहरहरु , तिमी सामु झुके होलान् ।
जाँगर वोकि गाँउतिर , चेतनाको खेति गर्दा ,
शहरका हठात् ति राँकाहरु फुके होलान् ।
रगत चुस्ने जुकाहरु तिमीलाई डस्न थाल्दा ,
भाषणका भोका ति भतुवाहरु भुके होलान् ।
दोहा , कतार


Comments

Popular posts from this blog

महामारी र मौका — तयारी गर्ने कि?

वहराईन भेला : अनुभव र पाठ

‘वर्किंग फ्रम होम’: ‘लकडाउन’ को एउटा सिकाई