लेख्ने रहर अव व्लगमा

  • २६ जनवरी २०१२
जिन्दगीका २८ वसन्तपार गर्ने क्रममा अव व्लग लेख्ने र जिन्दगीका अनुभवहरुलाई साट्ने रहर जागेको छ । २८ औं वसन्तसम्म आईपुग्दा भोगेका तिता मिठा घटनाहरुलाई क्रमशः पस्कदै जाने उद्देश्यले सन २००७ तिर आफ्नो ईमेल ठेगाना प्रयोग गरि दर्ता गरेको व्लगस्पटलाई पुनः एक्टिभेट गरेर लेख्ने जाँगर चलेको हो ।


सफल मान्छेहरु जिन्दगीको डायरी लेख्ने गर्छन र धेरै सफल हुन चाहनेहरुले ति सफल व्यक्तिको आत्मकथा पढेर पे्ररणा लिने गरेका छन् । आफु सफल व्यक्ति भए पश्चात पे्ररणाको श्रोतको रुपमा ति पुर्व सफल व्यक्तिहरुको नाम लिनेको संख्या पनि कम छैन । मैले पनि सफल व्यक्तिहरुलाई पे्ररणाको रुपमा नलिने हो भने मैले अहिले सम्म जिन्दगी चलाएको सार्थक नहोला । जिन्दगीमा गर्न त खासै केहि सकेको छैन तर पे्ररण भने प्रशस्त लिने अवसर पाएको छु । त्यहि पे्ररणा, साथीभाई, सिकेको सिप आदि जिन्दगीमा कमाएका चिजहरु हुन जुन आफैंमा अमुल्य भएका छन् मेरा लागि ।

लेख्ने रहर पलाएको २०५४/५५ साल ताका देखि नै हो तथापी लेखन विधामा न त निरन्तर कलम चलाउन सकियो न चटक्कै यो विधालाई छोड्न सकियो । विना प्रगति नछोड्न नसमाउन सकेको विधा यहि हो । हुन त दिर्घकालिन रुपमा अरु कुनै पेशा अपनाउन पनि सकिएको छैन अहिलेसम्म ।

सामाजिक संस्थामा काम गर्ने रहर कहिले पलायो भनेर ठयाक्के तिथि मिति भन्न गाह्रो पर्छ तथापी २०५२/५३ ताका देखि गाँउमा नै सामान्य क्लवको अवधारणा ल्याएर संस्थागत विकासको थालनी गरेको याद चाँहि छ । त्यो वेला क्लव संचालन गर्ने दर्ता गर्ने भन्दा सदरमुकाम कै दुर्गम जस्तो मानिएको ८ नम्वर वडाका अलि ठुलावडा, जान्ने वुझ्नेको सहयोग माग्न खोज्दा फुच्चेहरु क्लव चलाउन सजिलो छैन भन्ने जवाफ पाउदा अलि मन कँुडिएको थियो । तथापी फुच्चे जोशलाई तत्कालिन अवस्थामा संघ संस्था दर्ता ऐन वमोजिम दर्ता नै नगरि भएपनि संचालन गरेको झिनो सम्झना अझै मानसपटलमा रहेको छ । भने आज संस्था संचालनमा थोरै भउ पनि जानकार राख्न पाउदाको क्षण नि निकै गर्विलो छ ।

म्याङ्गलुङ्गको त्यो वाल्यकालका रमाईला अनुभवहरु देखि वयस्क हुँदा सम्म गरेका महत्वपुर्ण कुरालाई यो व्लगमा उतार्ने कोशिस रहनेछ । आशा छ पाठकको रुपमा आफ्नो नजर राख्ने सम्पुर्ण महानुभावहरुले सकारात्मक प्रतिकृया दिनु हुनेछ भन्ने आशा राखेको छु ।

Comments

Popular posts from this blog

महामारी र मौका — तयारी गर्ने कि?

वहराईन भेला : अनुभव र पाठ

‘वर्किंग फ्रम होम’: ‘लकडाउन’ को एउटा सिकाई