सुकेटार, हवाईजहाज र गुन्द्रुक भात

ठयाक्कै एकिन छैन कुन तिथि मिति थियो त्यो तर याद छ म कक्षा ६ मा पढ्दथें । वुवा ममिले भाकल गर्नु भाथ्यो क्यार ! त्यहि भाकल पुरा गर्न ताप्लेजुङ्गको पाथिभरा देवी दर्शनका लागि सात दिने पैदल यात्रामा म्याङ्गलुङ्ग ८, तेह्रथुमको दाहाल गाँउवाट लगभग २५ जनाको जम्वो टोली नै निस्कियो तिर्थ यात्रामा । त्यसवेला ५० उमेर काटि सकेका वुढापाका देखि म भर्खर १२ वर्ष पुगेको केटो पनि थिएं ।


आज सोह्र वर्षपछि यो लेख लेखि रहँदा सुकेटार भनेर कसैले नाम उच्चारण गर्यो भने मलाई हवाईजहाज र चिसो चिसो मौसममा तेह्रथुमवाट वोकेर लगेको गुन्दु्रकको तातो सुपसँग भात खाएको याद झल्लली आउछ । विराटनगर देखि ताप्लेजुङ्ग जाने हवाईजहाजको दैनिक रुट मेरो सालनाल गाडिएको म्याङ्गलुङ्ग ८ को आकाश हो । मैले मेरै स्कुलको छक्कलीटारमा वसेको हेलिकप्टरचाँहि धेरै पटक देखेको थिए चाहे त्यो राजा विरेन्द्रको सवारी होस्, तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको सवारी होस् या खाद्यान्न ढुवानी गर्ने पहेलो कलरको हेलिकप्टर होस् । यात्रु वोक्ने देखि शव वोक्ने सम्मका सवै किसिमका हेलिकप्टर देखे पनि हवाईजहाजचाँहि आकाशमा उडेको वाहेक देखेको थिएन ।

“पशुपतीको यात्रा सिद्राको व्यापार” भने झैं पाथिभराको यात्राका वेला हवाईजहाज हेर्ने मौका सुकेटारमा मिल्यो त्यो पनि तातो गुन्दु्रकको झोल र भात खान छोडि छोडि । यात्रामा गएका सवैजना आफैले पकाएको खाना खानका लागि तम्तयार थिए, म भने सुकेटार एयरपोर्टको काँडेतार पक्रेर हवाईजहाज आउने वाटो हेरिरहेको थिए । नभन्दैं हवाई जहाज त आयो तर मौसम प्रतिकुल भएका कारण अवतरण गर्न सकेन अनि यात्राका लागि तयार भएका यात्रुहरु त त्यसै खिन्न नै थिए त्यसमाथि म ववुरो झन् खिन्न भएको थिए । हुनपनि कुहिरोले आफ्नै अगाडिको मान्छे समेत नदेख्ने अवस्था थियो त्यस माथि सुकेटारको चिसो आछु ...... आछु ....। यतिवेलाको उमेर भए नपिए त मरि हालिन्थ्यो होला ...... आखिर वहाना न चाहिन्छ । त्यो चिल गाडिको आँखा थियो कि थिएन नि कुहिरोमा काग भन्ने उखान झैं कता विलायो विलायो ।


खिन्न मन वनाएका यात्रुहरुले फेरी केहिवेरमा कान ठाडा पारे अनि भने आयो आयो ....वस्यो वस्यो ..... नभन्दै एउटा नेपाल वायुसेवा लेखेको नेपाली राष्ट्रिय झण्डा भएको एउटा ट्विनअर्टर विमान सुँगुरले सुठुनी वारी खोसे्र जसरी सुकेटारको घाँसे मैदान जोते झैं गरि घ्यारररर.... आवाज पार्दै चौरमा छेउमा देखियो । कस्तो न हुन्छ हवाई जहाज भनेर हेर्न तम्सिएका मेरा आँखाले पनि पहिलो पल्ट हवाई जहाजको दर्शन गरे ।




हवाईजहाज देख्नु नै ठुलो कुरा थियो त्यो वेला, अहिले त कतार वसेको नै आठ वर्ष भईसक्यो, वर्षेनी नेपाल जाँदा र फर्कदा ठुलै जहाज चढिन्छ । त्यसमा पनि मुग्लिनको वाटो हुँदै वसको यात्रा नगरेको पनि ९÷१० वर्ष नै भई सकेछ । अनि वर्षै पिच्छे काडमाँडौं विराटनगर अनि विराटनगर काठमाँडौं हवाई जहाजमा नै यात्रा गरेको पनि १० वर्ष नै हुन लागेछ ।

सुकेटारको त्यो ट्निअर्टर देखि ५ (फाईभ) स्टार एयरलाईन्स सम्म यिनै आँखाले हेर्न पाईयो । त्यो गुन्दु्रकको झोल र भात देखि अनवोर्डमा पिज्जा र चिसो पिएर ज्यान तातो हुने झोलको रसपान सम्म गर्न पाईयो ।

जे होस् वाँच्नु मात्र पर्छ के के देख्न पाईन्छ यो संसारमा के के गर्न पाईन्छ यो संसारमा ।

Comments

Unknown said…
शिव थापा ।

राम्रो, कुमार जि ।
यो कुरा पडिरहदा मलाई पनि फुङ्लिङ र सुकेटारको प्रथम भ्रमण याद आयो । त्यस पटक म झापा हुँदै गाडीमा फुङ्लिङ, ताप्लेजुङ् पुगेको र चार दिनको बसाई पछी फर्कदा सुकेटार - बिराटनगर - सन्खुवासभा - काठमान्डौ कानै दुखाउने नेपाल बायु सेवा निगमको सानो टुइनटर जहाजमा फर्केको । अनी फुङ्लिङ बजारबाट सुकेटारको उकालोमा मलाई सहयोग गर्ने सहयोगिले चिसो भयो भन्दै दुई क्वाटर भोट्का र सुकुटी खाएको अनी माथि सुकेटारमा शेर्पिनिको होटलबाट टुक्रा नपारिएको सिङै लामा लामा छुर्पी सस्तोमा पाएकोले चार किलो किनेको ।

Popular posts from this blog

महामारी र मौका — तयारी गर्ने कि?

वहराईन भेला : अनुभव र पाठ

‘वर्किंग फ्रम होम’: ‘लकडाउन’ को एउटा सिकाई