ह्युमानिटिज हर्ट र कमर्सियल माईण्ड
- कुमार कार्की
२९ जनवरी 2013
“केटा ह्युमानिटिज हर्ट हैन कमर्सियल माईण्ड लगा” अनि व्यवसायमा सफलता प्राप्त गरिन्छ । यो मेरो एकदम नै नजिकको मित्रले भनेको कुरा हो त्यो पनि फेसवुकमा । प्रसंग थियो मेरो फेसवुक स्टाटस अनि मेरो स्टयाटसमा उसको कमेन्ट, रोचक कृया प्रतिकृयाहरु भएका थिए ।
मान्छेलाई कुनै न कुनै कुराले छुन्छ । यस्ता धेरै कुराहरु हुन्छन् जसले मान्छेलाई उत्साहित पार्छ, पे्ररित गर्छ, भावनामा वगाउनछ, सिकाउछ साथै त्यस्तै धेरै कुराहरु हुन्छन् ति कुराहरुले समेत मान्छेलाई डिपे्रषणको शिकार वनाउछ, असफल वनाउछ । कुन मान्छे होला यो संसारमा जसले आफैंले मात्र सवै कुरा सिकेको छ विना अरुको पे्ररणा । मेरो वुझाई यतिमात्र हो सम्पुर्ण कुरालाई सन्तुलित तरिकाले सकारात्मक रुपमा लिनु पर्दछ । सकारात्मक सोचको विकासले मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने नैतिक उपदेशहरु विभिन्न नैतिक लेख सामाग्रीहरुमा पढ्न पाईन्छ तर त्यसलाई ग्रहण गर्ने क्षमता व्यक्तिमा हुनु पर्छ ।
मैले पढेका कितावहरु मध्येमा सकारात्मक सोचाई पाएका लेखहरु मध्येको संग्रहात्मक किताव कर्ण शाक्यको “सोच” पनि एक हो जसवाट धेरै पे्ररणा लिन सकिन्छ । अझ जिन्दगीमा राम्रो काम गर्छु सफल हुन्छु भन्नेका लागि त सकारात्मक सोचको सदैव खाँचो पर्दछ । सकारात्मक सोच मानिसको अन्तरआत्मावाट आउने चिज हो । त्यो व्यक्ति विशेषको गुणमा समेत भर पर्दछ ।
विषय प्रसंग कै वारेमा कुरा गर्न मन लागेको छ । ह्युमानिटिज हर्ट र कमर्सियल माईण्डको कुराले मलाई वाराम्वार पिरोलिरहन्छ, विथोली रहन्छ, सिकाई रहन्छ, प्रेरणाका साथमा उत्साह पनि थपिरहन्छ । यदि ह््युमानिटिज हर्ट थिएन भने कमर्सियल माईण्डहरुको कुनै काम हुँदैन थियो त्यस्तै कमर्सियल माईण्डहरु थिएनन् भने पनि ह््युमानिटिज हर्टको पनि कुनै काम हुँदैन भन्ने मान्यता म राख्दछु । आजका युवाहरुको मुखमा रहने नयाँ युगको कथा भनौं या युगको वोली “मैले नगरे कसले गर्छ, आज नगरे कहिले गर्ने“ शाव्दिक रुपमा जसले यसलाई जति वुझ्दछन् त्यति नै कापि छ तर गहिरिएर अध्ययन गर्ने हो भने यसको अर्थलाई गहिरो तरिकाले नै वुझ्न सकिन्छ । जुनसुनै सफलता प्राप्त गर्नका लागि कुनै न कुनै कुराको थालनी नै पहिलो खुड्किलो हो । भर्याङ्गको पहिलो खुड्किलो नै नउक्लिने भने अर्को तलामा जान नै कसरी सकिन्छ, अझ आधुकिन जमाना कै कुरा गर्ने हो भने पनि माथिल्लो तलामा जानलाई लिफ्ट भित्र पसेर मात्र हुँदैन त्यहाँ रहेको तला निर्देशित वटम पनि थिच्नु पर्दछ । त्यस्तै सिप छ भनेर मात्र हुदैंन सिप वमोजिमको काम गर्न सक्दा मात्र कुमालेले माटोलाई भाँडाको आकार दिए जसरी सफल भईन्छ नत्र माटो आखिर माटो नै रहन्छ न कुमालेको सिप देखिन्छ । सिप आफैं उत्पती हुने कुरा होईन, यो त सिकाई पछिको फल मात्र हो । सिकेको र जानेको सिप वमोजिम कुमालेले माटोलाई भाँडोको आकार दिए जसरी सन्तुलित तरिकाले प्रयोग गर्नु मात्र सफलता हो । त्यसैले जो सँग जे सिप छ त्यो सिप वमोजिम काम थालनी गर्ने वा आफ्नो ईचछा वमोजिमको सिप सिकेर त्यसलाई व्यवहारमा उतार्ने हो भने मात्र सफलता पाउन सकिन्छ ।
कुरो जे होस् शुरुवात नै अन्त्यको सत्यता हो, शुरुवात पछि मात्र अन्त्य हुन्छ, रोपे मात्र फल पाईन्छ भन्ने कुराले कसैलाई नकारात्मक सन्देश दिन्छ भन्ने लागेको छैन । तथापी रोपे पछि गोडमेल हुनुपर्छ अनि मात्र फल दिन्छ भन्ने कुरामा केहि सहमत होलान केहि सहमत नहोलान् किनकी कुनै कुनै विरुवाले गोडमेल नगरी पनि फल दिएको प्रति धेरैलाई भ्रम छ । अनि कसै कसैलाई यो पनि भ्रम होला कि गोडमेल गर्ने मालि आफु जति योग्य अरु हुदैनन् भन्ने तथापी सत्य सधैं तितो हुन्छ । भ्रामक सोचहरुलाई वेलैमा सुधार गर्नु आवश्यक ताकि त्यसले दिर्घकालिन असर नपरोस् ।
प्रसंगलाई सार्थक वनाउन के आवश्यक छ भने, कुमालेको कमर्सियल माईण्ड र ह्युमानिटिज हर्टको सुमधुर सम्वन्धले गर्दा नै माटोले जिवनता पाएर भाँडो वनेको हो भन्ने वुझ्न अपरिहार्य छ । कमर्सियल माईण्ड मात्र भएको भए वेकारमा माटो कसरी विक्ति हुन्छ भन्ने मात्र सोच्नु पर्दथ्यो तर त्यहाँ भाडो वन्दैन थियो र मानवको अनुपम कला पोखिंदैन थियो ।
त्यसैले जसरी नङ्ग र मासुको सम्वन्ध अपरिहार्य छ व्यवसायमा हो या जुनसुकै सफलताका लागि ह्युमानिटिज हर्टको आवश्यकता पर्दछ भन्ने तथ्य वुझ्न सकिन्छ ।

Comments