समयको कविता

प्रत्येक कालखण्डमा
एकएक रुप देखा पर्छन् ।
कालो
सेतो
तेरो
मेरो
उसको
हाम्रो
आदिआदि ।


रंग विहिन जन्तरेहरु
फिक्का लाग्छन्
दिक्क लाग्छन्
अनि वदमास लाग्छन्
रंगभेद छुट्याउनेहरुका लागि ।
मुस्कानको कुनै अर्थ छैन,
वैंशको कुनै ख्याल छैन ।
न उनिहरु कसैका हुन्छन् नत हुन नै रुचाउछन्
परजिवी उडुसहरुको
एकलौटी साम्राज्यमा
विचरा जन्तरेहरुले
कुनै रंगको पगरी गुथेनन् ।
कुनै भेदको ख्याल गरेरन् ।

उत्तिकैमा
परिक्षाफल प्रकाशित नहुँदै
आत्महत्या गर्छन् एकथरी आत्माहरु
र
परिक्षाको उत्तर पुस्तिका जाँच नगरी
वोर्डफष्र्टको मार्क दिन्छन् जवारीलालहरु
जन्तरेहरु भने
विचमा पिरोलिएका छन् ।

न त परिक्षाफल नै प्रकाशित हुन्छ
न त परिक्षा रद्द भएको घोषणा नै गरिन्छ ।
न कायल, न घायल
हुतिहाराहरुको भिडमा
वुख्याँचा जस्तो
ट्वाल्ल क्षितिज हेरेको भ्रमपार्दै
निल्नु न ओकल्नुको परिवेशमा
कान्छा काकाको अनुहार सम्झेर
प्रत्येक साँझहरु ढाल्नु वाहेक
अरु विकल्प छैन ।



पक्कै विहान होला
सुर्य उदाउला
अर्कैै संसारमा
अर्कै व्रम्हाण्डमा ।
जहाँनयाँ परिवेशमा
ति हुतिहाराहरु
र
ति वल्जितेहरु नभेटिएलान्
अनि
नयाँ विहानीसँग
ति जन्तरेहरुले पनि नयाँ योजना वुन्लान्
जहाँ
सवैको भविष्य मात्र जोडिएको हुनेछ ।

त्यो सुनौलो कालखण्डमा
ति काला, सेता, तेरा, मेरा
सबै, सबै
हाम्रा होलान्, सवैका राम्रा होलान् ।
त्यो वेला फेरी
अर्को समयको कविता लेखुम्ला
रंग विहिन, भेदविहिन ।





Comments

Popular posts from this blog

महामारी र मौका — तयारी गर्ने कि?

वहराईन भेला : अनुभव र पाठ

‘वर्किंग फ्रम होम’: ‘लकडाउन’ को एउटा सिकाई