`फिर्ता युग´

हामीसँग
सम्झिनका लागि
पढ्नका लागि
र
पाठ सिक्नका लागि
ईतिहासका सयाैं ठेली छन् ।
ईतिहासका ती पानाहरुमा
कैयन युगका वर्णन गरिए
कैयन पात्र प्रस्तुत गरिए ।
यहि युगै युग लहरमा
ईतिहासै ईतिहासकाे ठेलीमा
अर्काे युग थपिएकाे छ ।
सवै सम्झनु हाेला,
ईतिहासकारले लिपिवद्द गर्नु हाेला।
त्याे हाे `फिर्ता युग´ ।

अाजका भ्रुण
भाेलिका वालवालिका
र
भविष्यका कर्णाधारहरुले साेध्लान
याे युगकाे ईतिहास पढाउने
प्राचार्य, प्राध्यापक र शिक्षकलाई
स्पष्ट लेखिदिनु ईतिहासकारहरुले
याे युगकाे परिभाषा ।

मुठि नखाेल्ने भएपछि,
गुठी विधेयक फिर्ता भाथ्याे ।
पाेल खाेलेपछि,
सूचना विधेयक फिर्ता भाथ्याे ।
पालुवा नहाल्ने भएपछि,
बालुवाटार जग्गा फिर्ता भाथ्याे ।
टाेकरी चुहिए पछि
औषधि खरिद सम्झौता फिर्ता भाथ्याे ।
अत्यास परेपछि,
अध्यादेश पनि फिर्ता भाथ्याे ।

सवैले वुझ्नेगरि लेखि दिनु
अाेली राजकाे
याे `फिर्ता युग´ थियाे ।

कुमार कार्की
२४ अप्रिल २०२०

Comments

Popular posts from this blog

महामारी र मौका — तयारी गर्ने कि?

वहराईन भेला : अनुभव र पाठ

‘वर्किंग फ्रम होम’: ‘लकडाउन’ को एउटा सिकाई