Posts

सुकेटार, हवाईजहाज र गुन्द्रुक भात

Image
ठयाक्कै एकिन छैन कुन तिथि मिति थियो त्यो तर याद छ म कक्षा ६ मा पढ्दथें । वुवा ममिले भाकल गर्नु भाथ्यो क्यार ! त्यहि भाकल पुरा गर्न ताप्लेजुङ्गको पाथिभरा देवी दर्शनका लागि सात दिने पैदल यात्रामा म्याङ्गलुङ्ग ८, तेह्रथुमको दाहाल गाँउवाट लगभग २५ जनाको जम्वो टोली नै निस्कियो तिर्थ यात्रामा । त्यसवेला ५० उमेर काटि सकेका वुढापाका देखि म भर्खर १२ वर्ष पुगेको केटो पनि थिएं ।

लेख्ने रहर अव व्लगमा

२६ जनवरी २०१२ जिन्दगीका २८ वसन्तपार गर्ने क्रममा अव व्लग लेख्ने र जिन्दगीका अनुभवहरुलाई साट्ने रहर जागेको छ । २८ औं वसन्तसम्म आईपुग्दा भोगेका तिता मिठा घटनाहरुलाई क्रमशः पस्कदै जाने उद्देश्यले सन २००७ तिर आफ्नो ईमेल ठेगाना प्रयोग गरि दर्ता गरेको व्लगस्पटलाई पुनः एक्टिभेट गरेर लेख्ने जाँगर चलेको हो ।

प्रवासको नेपाली पत्रकारीता र प्रवासी नेपाली पत्रकार संजाल

Image
Delivering the proposal of ENJN कुमार कार्की विश्वका मानचित्रमा एउटा सानो देश नेपालका हामी नेपालीहरु आज विश्वका विभिन्न देशका कुनाकाप्चामा विभिन्न स्वरुप र विभिन्न तरिकाले आफ्नो उपस्थिति जनाईरहेका छौं । विशेष गरेर अध्ययन, रोजगारी र व्यवसायका लागि विभिन्न देशमा छरिएर रहेका नेपालीहरु दक्षिण एशिया वाहेकका राष्ट्रहरुमा करिव ३० लाख रहेको अनुमानित आँकडा छ । प्रवासी नेपाली होस् या गैर आवासिय नेपाली जुन नामले चिनिए पनि हाम्रो  उपस्थिति वास्तविकतामा एउटा नेपालीको पहिचानको रुपमा रहेको छ । नेपालको माया, नेपाली अनुभुति, नेपाली संस्कृति, नेपाली रहनसहन आदिको प्रचार प्रसार होस् या यसको जगेर्नाका लागि प्रवासमा रहेका नेपालीहरुको भुमिका अत्यन्त महत्वपुर्ण रहेको उदाहरणहरु हामी सामु छर्लङ्ग नै छ ।