कान्तिपुर प्रबास साप्ताहिकमा मिति १ मे २०१४ मा प्रकाशित आलेख कुमार कार्की गैरआवासिय नेपाली संघको चौथो मध्यपुर्व क्षेत्रिय भेला वहराईनको राजधानी मानमामा ९ र १० मई २०१४ का दिन आयोजना हुँदैछ । “सुरक्षित, मयार्दित वैदेशिक रोजगार, समृद्द नेपालको आधार” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको सो भेलाले वैदेशिक रोजगारीमा देखिएका विकृति, विसंगति, र समस्याहरुको समाधानका उपायहरु केलाउने र सम्वन्धित निकाय र सरोकारवालाहरुको ध्यानाकर्षण गराउने अनुमान गर्न सकिन्छ । एक दशक पार गरेको गैरआवासिय नेपाली अभियानको महत्वपुर्ण पाटो वैदेशिक रोजगार हो । अनुमानित ३५ लाख नेपालीहरु सार्क मुलुक वाहेकका अन्य देशमा रहेका छन् । त्यसको अनुमानित ८५ प्रतिशत जनशक्ति वैदेशिक रोजगारमा आएकाहरुले ओगटेका छन् । वाँकी १५ प्रतिशत व्यवसाय, अध्ययन र स्थायी वसोवास अनुमति लिएर वसेका आदिले ओगटेको अनुमानित आँकडा छ । स्थापनाको एक दशक पार गरेपछि वैधानिक रुपमा नेपाल सरकारको गैरआवासिय नेपाली सम्वन्धि ऐन २०६४ तथा गैरआवासिय नेपाली सम्वन्धि नियमावली २०६६ वमोजिम ३ कार्तिक २०७० तदनुसार २१ अक्टुवर २०१३ म...